Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

व्यवस्थापन सम्मेलन आयोजना गर्दै राष्ट्रिय वाणिज्य बैंक

व्यवस्थापन सम्मेलन आयोजना गर्दै राष्ट्रिय वाणिज्य बैंक

काठमाडौं, २ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दिगो बैंकिङ वृद्धिको लागि व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको हो ।

सम्मेलन भोलि काठमाडौंमा आयोजना हुनेछ । नेपाल सरकारका माननीय अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्ययतामा हुन लागेको व्यवस्थापन सम्मेलनमा अर्थविद् एवं माननीय डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्वंं) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, वरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जीव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्य लगायतले आ–आफ्नो धारणा राख्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x