Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

काठमाडौं, ३ चैत । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले शुक्रबार सूचना जारी गर्दै मूल्य घटेको जानकारी गराएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पोरेसनले शुक्रबार पेट्रोलको मूल्य १ दशमलव २२ र डिजेलको मूल्य २ दशमलव ०६ रुपैयाँले घटाएर नयाँ सूची पठाएको थियो ।

आइतबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेल तथा मट्टीतेलको १५८ रुपैयाँ पर्ने निगमले जारी गरेको  विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *