Date

शुक्र, बैशाख २८, २०८१
Fri, May 10, 2024

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारणसभा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारणसभा

काठमाडौं, ६ चैत । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २७ गते कम्पनीले आफ्नो २७ औं वार्षिक साधारण सभा डाकेको हो ।

सभा अमृतभोग कालिका्सभा काठमाडौं डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे बस्नेछ ।

उक्त सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव समेत रहेको छ।

अरु प्रस्तावमा सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन गरिने भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x