Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

काठमाडौँ  र ललितपुरमा बिक्री गरिने अधिकांश जारको पानीमा दिसामा पाइने ब्याक्टेरिया

काठमाडौँ  र ललितपुरमा बिक्री गरिने अधिकांश जारको पानीमा दिसामा पाइने ब्याक्टेरिया

काठमाडौ,१८ असार । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले हालै गरेको अध्ययन अनुसार काठमाडौँमा बिक्री गरिने अधिकांश जारको पानीमा कोलिफर्म फेला पारेको हो । नाष्टले बेग्ला बेग्लै ५० ब्रान्डका जारको पानीलाई परीक्षण गर्दा ९२ प्रतिशत कोलिर्फम फेला परेको हो।

काठमाडौँ र ललितपुरमा रहेको रेष्टुरेण्ट, होटल, कलेजको क्‍यानटिन, किराना पसल लगायत पानी राख्‍ने विभिन्‍न जारमा गरिएको परीक्षणमा ९२ प्रतिशत कोलिफर्मको जीवाणु भेटिएको नाष्टका वरिष्ठ वैज्ञानिक अधिकृत भोजराज पन्तले बताए।

नाष्टले तयार पारेको रिपोर्टमा याक एण्ड यति होटल, एनसीआइटी कलेज, क्वालिटी फूड, एकान्तकुना र नख्‍खु, मेगा हस्पिटल, धोबीघाट, बाजेको सेकुवा सिनामंगल लगायतका ५० वटा ठाउँबाट लिइएको नमुनामा कोलिफर्मको जीवाणु फेला परेको छ।

कोलिफर्म के हो?

कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ । यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो। यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ। तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा उल्लेख्य हानी पुर्‍याउँदैन। यसलाई सामान्यतः तीन स्तरमा छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ। यी हुन कोलिफर्मका प्रकार

१. टोटल कोलिफर्म: यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ।

२. फेकल कोलिफर्म: यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ।

३. इकोलाई: फेकल कोलिफर्मको उपसमूहका रुपमा ‘इकोलाई’लाई लिने गरिन्छ। पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ।

नेपालमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि कुन स्तरको हो भनेर वर्गीकृत गर्ने गरेको पाइँदैन। केही अनुसन्धानहरुमा भने वर्गीकृत गरी अध्ययन गरिएका छन्। कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x