Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

लगानी सम्मेलन तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

लगानी सम्मेलन तयारीलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन

काठमाडौं, ७ चैत । अर्थमन्त्री वर्षमान पुनले वैशाखमा हुने तेस्रो लगानी सम्मलेनको गृहकार्यलाई तीव्रता दिन सचिवालयलाई निर्देशन दिएका छन् । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा लगानी सम्मेलन निर्देशक समितिका संयोजकसमेत रहेका पुनको अध्यक्षतामा मंगलबार भएको बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायत क्षेत्रमा निजी लगानी आकर्षण गर्न सबैको महत्वपूर्ण भूमिका रहने बताए ।

स्वदेशी एवं विदेशी निजी क्षेत्र, गैरआवासीय नेपालीलगायतबाट लगानी आकर्षण गर्ने अभिप्रायले आयोजना हुन लागेको लगानी सम्मेलनमा अधिकतम बिटुबी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिलाई उनले आह्वान पनि गरे । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x