८ महिनामा साढे २ अर्बको सिमेन्ट निर्यात
काठमाडौं, ७ चैत । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा साढे २ अर्ब रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्ममा २ अर्ब ४७ करोड १७ लाख रुपैयाँको क्लिंकर तथा सिमेन्ट निर्यात भएको हो।
नेपालले ८ महिनाको अवधिमा १ अर्ब १८ करोड ८७ लाख रुपैयाँको क्लिंकर र १ अर्ब २८ करोड ३९ लाख रुपैयाँको सिमेन्ट निर्यात गरेको विभागले जनाएको छ । सरकारले सिमेन्ट निर्यातको लागि बाटो खुला गरेसँगै निकासी बढ्दो क्रममा छ ।