कुमारी बैंकको ३ लाखभन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं, ८ चैत । कुमारी बैंक लिमिटेडले ३ लाख ४ हजार ७२१ कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ । विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी कम्पनीले यी सेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदन बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौं वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल टंगाल, काठमाडौंमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ ।