राष्ट्रिय योजना आयोगमा चारजना सदस्य नियुक्त
काठमाडौं, ८ चैत । राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा चार जना नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संगीता सिंह, कुशेन्द्र बहादुर महत, शिवराज अधिकारी र अरनिको पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
नयाँ सत्ता समीकरण बनेसँगै यसअघिका सदस्यहरूले राजीनामा दिएसँगै आयोगमा सदस्य पद रिक्त थियो ।