Date

सोम, बैशाख ३१, २०८१
Mon, May 13, 2024

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गुँडगाँव बीच छुट सम्बन्धी समझदारी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत स्थित मेदान्त– द मेडिसिटि हस्पिटल, गुँडगाँव बीच छुट सम्बन्धी समझदारी

काठमाडौं, ९ चैत । बिगत १७ वर्ष देखी आफ्ना ग्राहकवर्गहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा सुविधा दिने क्रममा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारत, गुँडगाँव स्थित मेदान्त– द मेडिसिटि अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहक महानुभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको छ । गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका हुन् ।

यस किसिमको सहकार्यबाट हालसम्म यस बैंकका उल्लेखनीय ग्राहकवर्गहरुले उक्त अस्पतालमा उपचार गराउन जाने क्रममा सरल र सुलभ तरिकाले लाभ लिइसकेको छन् । आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउनेछन् । बैंकले यस्तो किसिमको सुविधा विगत ४ वर्ष देखि निरन्तर रुपमा उपलव्ध गराउँदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x