Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नागबेली लघुवित्तको सत प्रतिशत हकप्रद शेयर श्रावण ४ गतेबाट

नागबेली लघुवित्तको सत प्रतिशत हकप्रद शेयर श्रावण ४ गतेबाट

काठमाडौं, १८ असार । नागबेली लघुवित्त विकास बैंकले सत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । लघुवित्तले श्रावण ४ गतेबाट १ बराबर १ अर्थात सत प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गर्ने जनाएको छ । उक्त हकप्रद शेयरको बिक्री बन्द भदौ ७ गते रहेको छ ।

लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको ७ करोड ६६ लाख ४६ हजार ३१५ रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३.१५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि लघुवित्तले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर पछि लघुवित्तको चुक्ता पुँजी १५ करोड ३२ लाख रुपैयाँ पुग्ने छ । लघुवित्तको हाल चुक्ता पुँजी ७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x