Shangrila

सुनको मुल्य ५७ हजार तिन सय रुपैयाँ

काठमाडौं, १८ असार । स्थानिय बजारमा आज सोमबार सुन प्रति तोला मुल्य ५७ हजार तिन सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो आइतबारको तुलनामा आज स्थानिय बजारमा सुनको मुल्यमा दुई सय रुपैयाँले कमी आएको छ । आइतबार सुन प्रति तोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको कमीको कारण स्थानिय बजारमा समेत यसको मुल्यमा प्रभाव परेको छ । अमेरिकी डलर मुजबुत बन्दै गएपछि लगानीकर्ताहरुको सुन प्रतिको आकर्षणमा कमी आएको छ । सोहि अनुरुप अन्तर्राष्ट्रिय बजारमा पहेँलो धातु सुनको मुल्य घटेको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *