Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

सपोर्ट लघुवित्तको साधारणसभा चैत १७ गते

सपोर्ट लघुवित्तको साधारणसभा चैत १७ गते

काठमाडौं, १३ चैत । सपोर्ट लघुवित्त वित्तीय संस्थाले चैत १७ गते वार्षिक साधारण सभा बोलाएको छ । यसअघि पुस २७ गते बोलाएको सभामा गणपुरक संख्या नपुगेपछि नबसेको सभा पुनः बोलाएको छ ।

सभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

संस्थाले गत आवको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशतसहित १३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

सभामा अन्य लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । कम्पनीले सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरेको गरिसकेको छ । त्यसैले पुस १५ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउने र सभामा भाग लिन सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x