Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

अन्तरदेशीय डिजिटल भुक्तानी कार्यान्वयनको अन्तिम चरणमा (भिडियो सहित)

अन्तरदेशीय डिजिटल भुक्तानी कार्यान्वयनको अन्तिम चरणमा (भिडियो सहित)

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले केही दिन अघि ‘एकीकृत परिपत्र, २०८०’ संशोधन गरेपछि क्युआर कोड’बाट अन्तर्राष्ट्रिय खातामा समेत डिजिटल भुक्तानी गर्ने बाटो खुला भएको छ । व्यक्तिबाट व्यवसायीमा अर्थात् पर्सन टु मर्चेन्ट (पिटुएम) मोडलमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी खुला गरिएको हो ।

गत जेठको तेस्रो हप्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा भएको सम्झौताअनुसार नेपाल भारत डिजिटल भुक्तानी प्रणालीको अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले परिपत्रमार्फत तोकेको सुविधा दिन आवश्यक तयारी भइरहेको नेपाल क्लियरीङ हाउसका प्रमूख कार्यकारी अधिकृत निलेसमान सिंह प्रधान बताउँछन् ।

यसअघि भारतीय पर्यटकले ‘क्युआर कोड’ स्क्यान गरी नेपालमा भुक्तानी गर्न सक्ने सुविधा गत फागुन १६ मा खुला गरिएको थियो । नेपालको पेमेन्ट सिस्टम अपरेटर (पीएसओ) अर्थात्भुक्तानी सञ्चालक ‘फोन पे’ र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआइ) बीच औपचारिक समझदारी भएपछि यो सम्भव भएको हो ।

नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी खुला भएपछि भारतमा कार्यरत नेपालीले आर्जन गरेको पारिश्रमिक विप्रेषणको रूपमा भित्र्याउन सहजभएको बताईएको छ । पर्यटकको रूपमा आउने कुनै पनि देशको नागरिकले नेपालमा वस्तु तथा सेवा खरिद गर्दा क्युआरमार्फत भुक्तानी गर्न सक्ने भएपछि पर्यटन तथा उद्योगलाई पनि यसबाट टेवापुग्ने विश्वास रहेको सिटी पे का प्रमूख कार्यकारी अधिकृत विनय रेग्मीको भनाई छ ।

डिजिटल भुक्तानीको सुरुवाता भएपछि नेपालका वाणिज्य र राष्ट्रियस्तरको विकास बैंकमा भएको खाताबाट भारतीय बैंकको खातामा र भारतीय बैंकको खाताबाट नेपालका वाणिज्य र राष्ट्रिय स्तरको विकास बैंक तथा वालेट कम्पनीहरुमा डिजिटल माध्यमबाट व्यक्तिगत खातामै भुक्तानी गर्न सकिनेछ । पहिलो चरणमा डिजिटल भुक्तानीको दायरा दायरा सीमित गरिएको छ । जसअनुसार नेपालमा कार्यरत भारतीय नागरिकले नेपालको वाणिज्य तथा राष्ट्रियस्तरका विकास बैंकमा भएको खाताबाट इ–बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ र क्युआरमार्फत भारतीय बैंकमा पैसा पठाउन सक्ने बताइएको छ । त्यसका लागि दैनिक १५ हजार भारु र मासिक एक लाख भारुको सीमा तोकिएको छ ।

नेपालले सबैभन्दा ठूलो व्यापार साझेदार मुलुक भारत नै हो । नेपालको वैदेशिक व्यापारमा भारतसँगको हिस्सा ६० प्रतिशतभन्दा बढी रहेको छ । यस कारण पनि नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी लागु हुने भएसँगै नीजि क्षेत्र पनि उत्तिकै उत्साहित देखिएको छ । यसले दुबै देशको व्यापारमा थप सहजाता आउने उनीहरुकोे धारणा छ । साथै यसले दुवै देशका नागरीकको क्रयशक्ति बढाउने विश्वास व्यक्त गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x