Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक पायाे ‘थ्रि ए’ रेटिङ

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले पाँचौं पटक पायाे ‘थ्रि ए’ रेटिङ

काठमाडौं, १४ चैत।  स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले लगातार पाँचौं पटक ‘थ्रि ए’ रेटिङ प्राप्त गरेको छ । इक्रा नेपालले बैंकको पूँजीको जोखिम भार, सम्पत्ति अनुपात, नियमन लगायतको मूल्यांकनमा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाललाई उक्त रेटिङ दिइएकाे हाे ।

रेटिङले सन् २०२४ को मध्य जनवरीसम्मको बैंकको निष्क्रिय कर्जा १ दशमलव ६० प्रतिशत रहेको देखाएको छ, जब कि यसमा अन्य वाणिज्य बैंककोे औसत अनुपात ३ दशमलव ६३ प्रतिशत रहेको बताइएको छ । गतवर्षको यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात शून्य दशमलव ७२ प्रतिशत मूल्यांकन गरिएको थियो ।

साथै व्यवस्थापन, निरीक्षण क्षमता, कम लागत निक्षेपको तुलनामा रूपमा उच्च शेयर मूल्य, विश्वव्यापी ब्राण्ड प्रतिष्ठा र कोषको प्रतिस्पर्धी लागतको आधारमा रेटिङ गरिएको इक्राको दाबी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x