भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौला, शाेभाकान्त पाैडेल सार्वजनिक वित्त व्यवस्थापनमा सरुवा
काठमाडाैं, १५ चैत । भन्सार विभागको महानिर्देशकमा ढुण्डीप्रसाद निरौलालाई नियुक्त गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले नेतृत्व सम्हालेकाे तिन सातामै भन्सार विभागका महानिर्देशक फेरेका हुन् ।
यसअघिका महानिर्देशक शाेभाकान्त पाैडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरूवा गरीएकाे छ । तालिम केन्द्रका प्रमुख रामप्रसाद आचार्यलाई भने मन्त्रालयमै तानिएकाे हाे ।