नेपाल र भारतबीच तिन महिनाका लागि विद्युत् आयात सम्झौता नवीकरण
काठमाडाैं, १५ चैत । नेपाल र भारतबीच तिन महिनाका लागि विद्युत् आयात सम्झौता नवीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार एक वर्षका लागि हुनुपर्ने सम्झौता २०८१ असार दोस्रो सातासम्मका लागि मात्र भएको हो ।
प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट ६ सय ५० मेगावाट विद्युत् आयात गर्न पाउने व्यवस्था छ । सम्झौता तीन महिनाका लागिमात्र नवीकरण गरेको भारतले विद्युत् परिमाण पनि घटाएको छ ।
तर नेपालकाे सुख्खा याममा करिव डेढ महिना मात्र विद्युत अभाव भएपनि पछि नेपालकाे आफ्नै उत्पादन पर्याप्त हुने र निर्यात समेत गर्न सकिने भएकाले लाेड सेडिङकाे समस्या नहुने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए ।