Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

८ महिनामा पूर्वी नाकाबाट १३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात

८ महिनामा पूर्वी नाकाबाट १३ अर्ब ३३ करोड १६ लाख रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात

काठमाडौं, १७ चैत । चालू आर्थिक वर्षको ८ महिनामा पूर्वी नाका काँकडभिट्टाबाट १३ अर्ब ३३ करोड १६ लाख ३३ हजार रुपैयाँको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास आयात भएको छ । गत आव भन्दा यस आवमा पेट्रोलियम पदार्थको आयात घटेको हो । अघिल्लो आवको सोही अवधिमा १४ अर्ब ६२ करोड ४३ हजार रुपैयाँ मूल्य बराबरको पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास भारतबाट आयात भएको थियो ।

यस अवधिमा ४ अर्ब ८७ करोड ६९ लाख ९६ हजार रुपैयाँको ४५ हजार १४० किलोलिटर डिजेल आयात भएको छ । आव २०७९/०८० को सोही अवधिमा पाँच अर्ब ७३ करोड १८ लाख १७ हजार रुपैयाँको डिजेल आयात भएको थियो । पेट्रोल, हवाई इन्धन, मट्टितेल र एलपी ग्यासको आयातमा पनि गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x