Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साताको सेयर बजारः करिब १३ अंकले घट्यो नेप्से परिसूचक

साताको सेयर बजारः करिब १३ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं, १७ चैत। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब१३ अंकले घटेर बन्द भएको छ। यस साता १२ दशमलव ९३ अंक घटेर २ हजार ३५ दशमलव ६४ विन्दुमा झरेको हो। यस साता ४ कारोबार दिनका लागि खुलेको बजारमा दुई कारोबार दिन नेप्से घट्यो भने दुई कारोबार दिन बढेको थियो।

यो साता ९ अर्ब ७३ करोड २३ लाख रुपैयाँभन्दा बढीको २ करोड ६५ लाख ६४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३ प्रतिशत घटेको छ। त्यस्तै, अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। त्यसै गरी १३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७ दशमलव ८४ प्रतिशत बढेको छ। अंकका आधारमा पनि यसै उपसमूहको परिसूचक सर्वाधिक ५२८ दशमलव ५९ अंक बढेको छ। यस साता दुई कम्पनीको कुल ४७ लाख ९४ हजार ६६१ दशमलव ६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ।

यस साता सर्वोत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक ४६ दशमलव ३३ प्रतिशत बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x