Date

शनि, बैशाख १, २०८१
Sat, April 13, 2024

महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस

महालेखा परीक्षकमा तोयम रायाको नाम सिफारिस

काठमाडौं, १८ चैत । महालेखा परीक्षकका लागि तोयम रायाको नाम सिफारिस भएको छ । लामो समयदेखि रिक्त रहेको महालेखा परीक्षक पदका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको संवैधानिक परिषदको बैठकले रायालाई ६ वर्षे कार्यकालका लागि नियुक्तिका लागि सिफारिस गरेको हो ।

गत जेठ ७ गतेदेखि रिक्त महालेखा परीक्षकका लागि रायासहित १५ जनाले आवेदन दिएका थिए । प्रतिस्पर्धीहरुमध्येबाट सरकारले हाल राष्ट्रिय तथ्याङ्क कार्यालयमा सचिवको रुपमा कार्यरत रायाको नाम सिफारिस गरेको हो ।

राया यसअघि अर्थमन्त्रालयको सचिवको रुपमा समेत कार्यरत थिए । उनको अर्थमन्त्रालयकै सचिवमा कमब्याकको सम्भावना रहेको भनिएकै बेला सरकारले महालेखा परीक्षकमा नियुक्तिको सिफारिस गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x