Shangrila

सांग्रिला डेभलपमेन्ट बैंकले ११.८० प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, १८ असार । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीहरुलाई ११.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको आइतबार सम्पन्न १३ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

११.८० प्रतिशतमा लाभांश मध्ये बैंकले २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश दिने छ । उक्त लाभांश वितरण पश्चात बैंकको चूक्ता पूँजी २ अर्व ५० करोड रुपैयाँ पुग्ने छ ।

हाल बैंकले ५८ वटा शाखा कार्यालय मार्फत वित्तिय सेवा दिदै आएको छ । आगामी दिनमा शाखा कार्यालय विस्तार गर्दै गाँउ गाँउ सम्म बैंकिङ पुहँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *