Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अविरल बर्षाका कारण ११ जनाको मृत्यु ,५ वेपत्ता

अविरल बर्षाका कारण ११ जनाको मृत्यु ,५ वेपत्ता

काठमाडौ १९ असार । आइतवार बाट परेको अविरल बर्षाका कारण देशका विभिन्न जिल्लामा गरी ११ जनाको मत्यु भएको छ ।  अविरल बर्षादका कारण रोल्पामा घर माथिको पर्खाल भत्किँदा सुत्केरी सहित ३ जनाको मृत्यु भएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्कीदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । आज विहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्कीएर घर पुरिंदा १८ दिने शिशु र चित्राको घटनास्थलमै मृत्यु भएको हो ।

यसैगरी बाँकेको बैजनाथा गापामा जेठीनाला तर्न खोज्दा तुला बहादुर बुढा र लोक बहादुर सुनार बेपत्ता भएका छन । लगातारको बर्षापछी नदीमा आएको बाढी संगै पानीको बहाव बढेको नहर तर्ने क्रममा उनीहरुलाइ बगाएको हो । नहरले बगाएर बेपत्ता भएका दुबै जनाको खोजी भइरहेको बताइएको छ । यता गृह मन्त्रालयले  रोल्पामा ३ जनाको मृत्यु भएको छ । यसैगरी बाँकेमा २ जना, सिन्धुली, चितवन, पर्सा, महोतरी, कैलाली र काठमाडौमा र १-१ जनाको मृत्यु भएको जनाएको छ । यसैगरी पहिरोमा परेर तथा खोला तर्ने क्रममा ५ जना वेपत्ता भएका छन् भने अन्य ४ घाइते भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x