Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

मौसम पुर्वानुमान महाशाखा भन्छ, आज पनि भारी बर्षको संभावना

मौसम पुर्वानुमान महाशाखा भन्छ, आज पनि भारी बर्षको संभावना

काठमाडौ १९ असार ।  लगातार तीन दिनदेखि भएको बर्षादका कारण महाकाली, कर्णाली एव पश्चिम राप्तिमा नदीमा पानीको बहाव खतारको संकेत भन्दामाथी पुगेको छ । पानिको वाहव बढेपछि नदी किनारका बासिन्दाहरुलाइ सतर्कता अपनाउन आग्रह गरिएको छ । महाकाली नदी किनारका सुन्सेरा, हुती, दत्तु लाली, उकुलगायतका बस्तीमा त्रास फैलिएको छ । नदीमा पानीको बहाव बढेसँगै नदी किनार क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएका छन् । महाकाली नदी किनारमा पर्ने सीमावर्ती क्षेत्रका प्रहरी चौकीलगायत सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मबाट समेत सशस्त्र प्रहरीलाई खटाइएको छ । यता मौसम विभाग पुर्व अनुमान महाशाखाले वंगालको खाडी र अरवियन सागरको जलवासकाकारण सक्रिय भएको भएको बर्षा आज साझ सम्म जारि रहेने बताएको छ । गत जुन ८ बाट मनसुन सुरु भएपनि केही ढिला गरी देशै भर भारी वर्षा भएको हो । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महासाँखाका अनुशार सोमवार नेपालको मध्य र पश्चिम क्षेत्रमा भारी बर्षा भएको छ । सवै भन्दा बढी बर्षा नेपालगंनजमा १८७ मिलिमिटर बर्षा भएको छ । त्यस पछि भैरहवा दाङ्ग धनगढी सुर्खेत लगायतका क्षेत्रमा भएको छ ।  अविरल बर्षाका कारण कर्णाली पश्चिम राप्ती लगायतका लगायतका नदिमा पानिको वाहावको खतरा संकेत भन्दा माथी पुगेको छ । जन जिवन प्रभावित बनेको छ ।  जसले गर्दा मध्य तयाराइका क्षेत्रमा ढुवान र  पहाडी राजमार्गमा पहिरोको गएका समाचारहरु आएका छन् । यस्तै सोमाबार विहान कतिपय आन्तरिक उडानहरु प्रभावित भएका भए ।

देशभर भारि बर्षा भइरहदा गृह प्रशासनले  तत्काल राहत तथा उद्धार समाग्री सहित शुरक्षा संयन्त्रलाइ तम तयार राखेको बताएको छ । प्रमुख जिल्ला अधिकारीहरु शुरक्षा अधिकारीहरुलाइ जिल्ला नछाडन र जोखिम क्षेत्रमा रहेका बासिन्दाहरुको स्थान्तरणमा लाग्न निर्देशन दिएको छ । तत्काल राहात तथा उद्धारका लागि सेना नेपाली प्रहरीका हेलिकप्टरहरुलाइ तमतयार अवस्थामा राखिएको छ । महासाखाका अनुशार वादल पुर्व तिर सर्दै आएको पुर्व क्षेत्रमा भारी बर्षाको संभावना उतिकै रहेको भन्दै ती क्षेत्रका बासिन्दाहरुलाइ समेत सचेत हुन आग्रह गरेको छ । महासाखाले वेला वेलामा प्रभावित हुन सक्न् क्षेत्रका बासिन्दालाइ नेपाल टेलिकम र एनसेल मोवाइल प्रयोग कर्तालाक्ष एस एम एस अलर्ट पठाउने गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x