बजेटसँग सम्वन्धित विधेयकहरु पारित

काठमाडौ, १९ असार ।  संसदले आगामी आर्थिक बर्ष २०७५ । ०७६ को बजेट सँग सम्वन्धित विभिन्न विधेयकहरु पारित गरेको छ । प्रतिनिधिसभाको बैठकले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेको हो  । विधेयक पारित हुनु पुर्व अर्थ मन्त्री युवराज खतिवडाले विधेयकमथिको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

करको सम्वन्धमा सांसदहरुले उठाएको प्रश्नमा खतिवडाले प्रगतीशिल कर प्रणालीका आधारमा सबै करलाई व्यवस्थित गरिएको भन्दै  प्रगतिशील कर प्रणालीकै आधारमा व्यक्तिगत आयकर निर्धारण गरिएको तथा खाद्यान्न निकासीका सवालमा आवश्यकता अनुसार सरकारले कडा /नरम प्रणाली अबलम्बन गर्न सक्ने जानकारी गराए ।

छलफलमा भाग लिदै विपक्षी दलका सांसदहरुले बजेटका लागि लिइने ऋणको सम्वन्धमा प्रश्न गर्दै  ऋणको उचित व्यवस्थापनमा जोड दिएका थिए । दुवै विधेयकका सम्वन्धमा परेका संशोधनको प्रस्ताव बहुमतले अस्विकृत भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *