Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

उद्धार एव राहतको कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार एव राहतको कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

काठमाडौ,१९ असार ।  नेपाली कांग्रेसले लगातारको झरीबाट भएको जनधनको क्षतिप्रति दुःख ब्याक्त गर्दै बाढी,पहिरो  पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ  ।

प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेस आग्रह गर्दछ   मुख्य सचिव कृष्ण पौडेलद्धारा जारि विज्ञाप्तिमा भनिएको छ ।

केही दिनदेखिको परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा धनजनको ठूलो क्षति भएको र जनजिवन अस्तव्यस्त भएको  घटनाप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेस सहानुभूति प्रकट गरेको छ ।

जारी विज्ञाप्तिमा भनिएको छ “वाढी र पहिरोमा परि जीवन गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली कांग्रेस भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँहरुका शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गर्दछ । साथै, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि समेत सरकारसँग आग्रह गरेको छ ।

वाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत कार्यमा जुट्नका निर्देशन समेत दिएको छ ।

 

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x