झिनो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ३७ करोडको कारोबार
काठमाडौं, २२ चैत । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २ दशमलव ७३ अंकले घटेर २ हजार ४ दशमलव शून्य ५ को विन्दुमा पुगेको छ ।
बिहीबार ३०२ कम्पनीका ६९ लाख ६३ हजार कित्ता सेयर ३ अर्ब ३७ करोड २६ लाख ७ हजार रुपैयाँमा कारोबार भएको छ ।
बिहीबार ३ कम्पनीको सेयर सर्किट लेभलमा बढेको छ भने सर्वाधिक कारोबार गोर्खाज फाइनान्सको भएको छ ।