४ जलविद्युत परियाेजनाका लागि ९९ अर्ब २० करोड लगानी स्विकृत

काठमाडाैं, २२ चैत । लगानी बाेर्ड नेपालले ४ जलविद्युत परियाेजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँको लगानी स्वीकृत गरेकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालकाे अध्यक्षतामा बसेकाे बाेर्डकाे ५७ औँ बैठकले सुपर तमोर, अप्पर मोदी ए, तल्लो मनाङ मर्स्याङदी र २५० मेगावाटको सौर्य ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँको लगानी स्वीकृत गरेकाे हाे ।
१६६ मेगावाटको सुपर तमोरमा ३४ अर्ब ५९ करोड , ४२ मेगावाटको अप्पर मोदी ‘ए’ १० अर्ब ८ करोड , २५० मेगावाटको सोलार राइजन इनर्जी २१ अर्ब १० करोड र १३९.२ मेगावाटको लोवर मर्स्याङदी ३३ अर्ब ४१ करोड रुपैयाँ स्विकृत भएकाे हाे ।
साथै बोर्डले नेपाल लगानी सम्मेलन २०२४ लाई प्रभावकारी रुपमा आयोजना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।