सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?
काठमाडौं, २२ चैत । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
आज तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँले बढेर प्रति तोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढ्ेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।