दराजबाट सामान खरिद गर्दा सानिमा बैंकका ग्राहकलाई १५ प्रतिशत सम्म छुट
काठमाडाैं, २३ चैत ।सानिमा बैंकका ग्राहकहरूले दराजबाट सामान खरिद गर्दा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् । सानिमा बैंकले ग्राहकका लागि दराजसँग ‘नव बर्ष उत्सव’ योजनामा विशेष छुट दिने सहकार्य गरेको हाे ।
सम्झाैता अनुसार ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम् ५०० रुपैयाँसम्म तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५प्रतिशत वा अधिकतम् ७५० रुपैयाँ सम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्ने बैंकले जनाएको छ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।यो योजना चैत २२ देखि वैशाख ६ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३३ वटा कार्यालय तथा १२४ वटा एटिएम संचालनमा रहेका छन्।