आरजु राईस मिलकाे प्रिमियम एक्सट्रा लङग्रेन वास्नादार चामल बजारमा
काठमाडाैं, २३ चैत । आरजु राईस मिलले स्थानीय किसानहरुको सहकार्यमा प्रिमियम एक्सट्रा लङग्रेन वास्नादार चामल बजारमा ल्याएकाे छ ।
स्थानीय किसानको माझमा मोरङको डाँगीहाटमा आरजु राईस मिल रहेको छ । यसले निकै लामो समयदेखि ४ हजारभन्दा बढि किसानको सहकार्यमा विभिन्न जातका धानहरु उत्पादन गर्दै आएको छ । स्थानीय किसानहरु निर्वाहमुखीबाट अब बिस्तारै व्यवसायिकरणतर्फ अग्रसर भइरहेकाे जनाएकाे छ।
यसअघि आरजु राईस मिलले मन्सुली तथा लोकल प्रिमियम चामल बजारमा निकै सहज तथा सरल मूल्यमा उपभोक्तालाई बिक्री वितरण गर्दै आएको छ । स्थानीय किसानका लागि रोपाईभन्दा अगाडी नै मिलले न्यूनतम समर्थन मूल्य तोक्ने गरेको छ । यसले किसानले धान मिलमा ल्याएको दुई दिनभित्रै अनलाईन बैंकिङ माध्यमबाट भुक्तानी दिने गरेको छ ।
यसअघि आरजु राईस मिलले मन्सुली तथा लोकल प्रिमियम चामल बजारमा निकै सहज तथा सरल मूल्यमा उपभोक्तालाई बिक्री वितरण गर्दै आएको छ ।