पर्यटन बोर्डको सीईओका लागि दरखास्त आह्वान
काठमाडौं, २४ चैत। नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ । इच्छुक व्यक्तिले १२ दिनभित्र आफ्नो आवेदन बुझाउन सक्नेछन् ।
सीईओ छनोट उपसमितिका अनुसार सीईओ पदका लागि दरखास्त दिनका लागि इच्छुक व्यक्ति नेपाली नागरिक आवेदनका लागि ७ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।
त्यस्तै, इच्छुक व्यक्तिले स्नातकोत्तर पूरा गरेको तथा पर्यटन क्षेत्रमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ । दरखास्त पेस गर्दा इच्छुकको उमेर कम्तीमा ३५ वर्ष तथा ६० वर्ष ननाघेको हुनुपर्नेछ ।