बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ७.६ प्रतिशतले बढ्याे

काठमाडाैं, २५ चैत । चालु आर्थिक वर्षको फागुनसम्मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन ७.६ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको फागुन मसान्त सम्मकाे वित्तिय विवरण अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेकाे निच्छेप ४ खर्ब ३५ अर्ब ८७ करोड रूपैयाँ छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२८० अर्ब ५७ करोड (५.५ प्रतिशत) ले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप१४.६ प्रतिशतले बढेको छ ।
२०८० फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, २८.० प्रतिशत र ५८.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, २५.७ प्रतिशत र ५९.८ प्रतिशत रहेको थियो।
बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.५ प्रतिशत रहेको छ ।