Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

मुकुम्लुङ कम्प्लेक्समा स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नयाँ शाखा

मुकुम्लुङ कम्प्लेक्समा स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नयाँ शाखा

काठमाडाैं, २५ चैत ।धरानकाे रमाइलाे चाेक मुकुम्लुङ कम्प्लेक्समा स्ट्याण्डर्ड चार्टर्ड बैंककाे नयाँ शाखा उद्घाटन गरिएकाे छ ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली,भेट्रान सर्भिसेस ब्रिटीस गोर्खा नोपलका रिटायर्ड मेजर मान ब।गुरुङ र स्ट्याण्डर्ड चाटर्ड बैंकको डीसीईओ गोरख रानाले संयुक्त रुपमा उक्त शाखाकाे उद्घाटन गरेका हुन् ।

नयाँ शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरु अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटीएम सुविधा रहेको छ ।

यस्तै बैठक कोठा र प्रतीक्षा लाउन्ज सहित प्राथमिकता बैंकिंग ग्राहकहरु को लागी पनि व्यवस्था गरिएको छ । यो शाखा कार्यालय स्ट्यान्डर्ड चार्टर्ड बैंकको विश्वव्यापी मापदण्ड अनुसार नयाँ डिजाइनहरू गरिएको र यसले कर्मचारीहरुलाई नयाँ तरिकाले काम गर्न प्रेरित गर्ने बैंकले जनाएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *