Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

यी बैंकहरूले दिन्छन् माेबाइल एपबाटै २ लाखसम्म ऋण

यी बैंकहरूले दिन्छन् माेबाइल एपबाटै २ लाखसम्म ऋण

काठमाडाैं, २७ चैत । ऋण प्रवाह बढाउन बेंकहरूले माेबाइलबाटै ऋण दिने नयाँ याेजना ल्याउन थालेका छन् । यस याेजना अन्तर्गत एनआइसी एसिया, नबिल, एभरेष्ट, एनएमबी र कृर्षि विकास बैंक गरी ५ बैंकले फाेन लाेन याेजना ल्याइसकेका छन् ।

यस्ताे ऋण लिन इच्छुक ग्राहकले माेबाइलमा बैंककाे एप डाउनलाेड गरी फाेनलाेनमा दर्ता गरी ऋण लिने प्रकृया अगाडी बढाउन सक्छन् ।  यसका लागि ग्राहकले कागजात बुझाउनु पर्दैन ।

यस अनुसार बैंकले ग्राहककाे पछिल्लाे ६ महिनाकाे काराेबारकाे आधारमा कति ऋण दिने निर्धारण गर्छ।

यी बैंकहरूले यस्ताे कर्जा कम्तिमा १ र बढीमा २ बर्षका लागि दिने गरेका छन् । ग्राहकहरूलाई सुलभ र सहज रूपमा ऋण सेवा उपलब्ध गराउने उदेश्यले याे सेवा सुरू गरिएकाे बैंकहरूले जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x