Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

वैशाख महिनाका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

वैशाख महिनाका लागि १३ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?

काठमाडौं, ३० चैत । वाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार चैत महिनाको तुलनामा वैशाखमा औसत ब्याजदर घटेको छ ।

वैशाख महिनाका लागि १३ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाख महिनाका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।

कुन बैंकको कति ?

एनआईशी एशिया बैंक

बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पनि चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल बैंक लिमिटेड

बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५ं२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५।२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

प्रभु बैंक

प्रभु बैंकले वैशाखका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एभरेष्ट बैंक

बैंकले चैत महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

कृषि विकास बैंक

कृषि विकास बैंक लिमिटेडले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । चैत महिनाका लागि पनि बैंकले यहि ब्याजदर कायम गरेको थियो ।

यसका साथै मेगा बैंकले व्यक्तिगततर्फ ७  र  संस्थागततर्फ ६ प्रतिशत, लक्ष्मी सनराइजले ७ र ६, ग्लोबल आईएमईले ७ र ६, प्राइम कमर्सियल बैंकले ७.१ र ६.१ प्रतिशत ब्याजदर दिने घोषणा गरेका छन् ।

सानिमा बैंकले व्यक्तितर्फ ७.१ र ६.१ प्रतिशत, नबिल बैंकले ७.२५ र ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले ७.२५ र ६ प्रतिशत, माछापुच्छ्र्रे बैंकले ७.२५ र ५.२५ प्रतिशत ब्याज दिने भएका छन् ।

त्यसैगरी हिमालयन बैंकले व्यक्तिगत मुद्दतीतर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, सिटिजन्स बैंकले ७.५ र ६.१५ प्रतिशत, तथा एनएमबि बैंकले ७.९७ र ६.९७ प्रतिशत ब्याज दिने भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x