Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

सुन हालसम्मकै महङ्गो, एकैदिन प्रतितोला २४ सयले बढ्यो

सुन हालसम्मकै महङ्गो, एकैदिन प्रतितोला २४ सयले बढ्यो

काठमाडौं, ३० चैत । नेपाली बजारमा शुक्रबार सुनको मूल्य हालसम्मकै महङ्गो भएको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार भने प्रतितोला २४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x