किसान माइक्रोफाइनान्सले माग्यो ५० प्रतिशत हकप्रदको लागि अनुमती

काठमाडौं, १९ असार । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले हकप्रद शेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । माइक्रोफाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि बोर्डमा आवेदन दिएको हो ।

माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २ करोड ४० लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ४० हजार २५० कित्ता हकप्रद शेयर निष्कासनको लागि आवेदन दिएको छ । उक्त हकप्रद शेयरको लागि माइक्रोफाइनान्सले सिभिल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर पछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ७ करोड २० लाख रुपैयाँ पुग्ने छ । माइक्रोफाइनान्सको हाल चुक्ता पुँजी ४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *