Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एफपिओमा देखिएन आकर्षण, भार पर्ने भयो अन्डरराईटरहरुलाई

एफपिओमा देखिएन आकर्षण, भार पर्ने भयो अन्डरराईटरहरुलाई

काठमाडौं, १९ असार । नेपाल बैंक लिमिटेडले बिक्री खुल्ला गरेको थप शेयर निष्कासन एफपिओको आवेदन दिने आज अन्तिम दिन हो । बैंकले बिक्री खुल्ला गरेको उक्त एफपिओको लागि ३ दिनमा २१ करोड ९२ लाख ४६ हजार १६० रुपैयाँको आवेदन परेको छ । हिजोसम्ममा ७ हजार २३८ जना आवेदकहरुबाट ७ लाख ८३ हजार २२ कित्ता एफपिओको लागि आवेदन परेको जनाइएको छ ।

नेपाल बैंकले उक्त एफपिओ असार १५ देखी बिक्री खुल्ला गरेको हो । एफपिओ निष्कासन गर्न बैंकले प्रति शेयरको अंकित मुल्य एक सय रुपैयाँमा १८० रुपैयाँ प्रिमियम जोडेर २८० रुपैयाँमा बिक्री खुल्ला गरेको छ । बैंकले १ करोड ७६ लाख ८४ हजार ८७८ कित्ता थप शेयर निष्कासन गरेको छ । थप शेयर निष्कासनको लागि बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस थप शेयर निष्कासनको लागि आवेदनकर्ताहरुले सिआस्वा प्रणाली अन्तरगतको जुनसुकै बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । थप शेयर निष्कासनको लागि लगानीकर्ताहरुले न्युनतम ५० कित्ताको लागि आवेदन दिन सकिने छ । यस्तै संस्थागत संस्थाहरुले समेत बिक्री खुला गरिएको पहिलो दिनबाट नै आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ ।

यसरी बैंकले बिक्री खुल्ला गरेको उक्त एफपिओमा लगानीकर्ताहरुले भने आकर्षण देखाएका छैनन् । यता संस्थागत लगानीकर्ताहरुले समेत बैंकको एफपिओमा लगानी नगर्न आशय प्रकट गरेको बुझिन्छ । बैंकको वित्तीय अवस्था सन्तोषजनक भएता पनि एफपिओबाट उठेको रकमको उचित व्यवस्थापनमा बैंक स्वयं प्रष्ट नभएको कारण लगानीकर्ताहरुको आकर्षण नभएको बताइएको छ । बैंकको एफपिओ बिक्री नभए अन्डरराईटरहरुले सो शेयर खरिद गर्नुपर्दछ । बैंकको उक्त एफपिओको लागि सिबिआईएल क्यापिटल, एनआईविएल एस, नेपाल एसविआई मर्चेन्ट, सिभिल क्यापिटल, लक्ष्मी क्यापिटल, सानिमा क्यापिटल, सनराइज क्यापिटल र ग्लोबल आइएमइ क्यापिटल अन्डरराइटर हुन् ।

यस्तै एनएमबी बैंकले निष्कासन गरेको एफपिओमा समेत लगानीकर्ताहरुले आकर्षण देखाएका छैनन् । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गरेको छ । बैंकले प्रमियम मूल्यमा १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गरेको छ । जसमध्ये हिजोसम्ममा ६५ हजार आठ सय आवेदकहरु मार्फत २ अर्ब ४९ करोड रुपैयाँको मात्र आवेदन परेको छ ।

एफपीओ बिक्रीबाट बैंकले ३ अर्ब ८० करोड १२ लाख रुपैयाँ संकलन गर्नेछ । एफपीओ निष्कासनपछि बैंकको चुक्तापुँजी बढेर ७ अर्ब ६० करोड ३२ लाख रुपैयाँ पुग्ने जानकारी दिएको छ । बाँकी रहेको रकम जगेडा कोषमा जम्मा हुने छ । बैंकले सो रकम पछि लगानीकर्तालाई लाभांश वितरण गर्न सक्नेछ । एफपीओ निष्कासन बन्द असार २८ गतेसम्मलाई तोकिएको  छ । उक्त एफपिओको लागि निष्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष रहेको छ । साथै बैंकको एफपीओमा ६ संस्थाले अण्डरराइटिङ गर्ने भएका छन् । लगानी कोषका अतिरित्त ग्लोबल आईएमई क्यापिटल लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् ।

यस अघि बुटवल पावर कम्पनीले निष्कासन गरेको एफपिओमा समेत लगानीकर्ताहरुले आकर्षण देखाएको थिएन । जसको कारण कम्पनीको १२ लाख २१ हजार कित्ता शेयर अन्डरराईटरहरुले नै सकारेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x