Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

रिडी हाइड्रोपावरले नयाँ आयोजना निर्माणको लागि हकप्रद शेयर जारी गर्ने

रिडी हाइड्रोपावरले नयाँ आयोजना निर्माणको लागि हकप्रद शेयर जारी गर्ने

काठमाडौं, १९ असार । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको संचालक समितिले हालको चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार एक सय रुपैयाँको सत प्रतिशत हकप्रद शेयर निष्कासनको निर्णय गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासनको सुचना नेपाल स्टक एक्सचेन्जलाई दिएको छ ।

यस कम्पनीले उक्त हकप्रद शेयर आगामी दिनमा निर्माण गर्न लागेको ८.५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाको लागि निष्कासन गर्ने जनाएको छ । उक्त हकप्रद शेयर जारीको लागि कम्पनीको आगामी वार्षिक साधारण सभामा अनुमोदन गरिने छ । साथै वार्षिक साधारण सभाले अनुमोदन गरेपछि हकप्रद शेयर निष्कासनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अनुमतिको लागि आवेदन दिने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *