प्रतिलिटर ३ रुपैयाँले बढ्याे पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, ४ वैशाख । प्रति लिटर ३ रुपैयाँले पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको नेपाल आयल निगमले जनाएकाे छ ।
निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएकाे हाे ।
याे सँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ, डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ ।