युएनडिपी र इपीएलको साझेदारी पत्रमा हस्ताक्षर

काठमाण्डौँ, १९ असार । संयक्त राष्टसंघ विकास कार्यक्रमले नेपालमा दिगो विकासका लक्ष्यहरुको प्रचारका लागि एभरेष्ट प्रिमियर लिग क्रिकेट सँग सहकार्य गरेको छ । काठमाण्डौँमा आयोजित एक कार्यक्रमा युएनडीपी नेपालका निर्देेशक रेनाउड मेयर र इपिएलका संस्थापक आमिर अख्तरले साझेदारी पत्रमा हस्ताक्षर गरे ।

सोहि कार्यक्रममा बोल्दै युएनडीपी नेपालका निर्देेशक रेनाउड मेयरले नेपालमा दिगो विकासको लक्ष्य पुरा गर्न व्यापक साझेदारीको आवश्यकता रहेको भन्दै यसको जिम्मेवारी सरकारको मात्र नभइ निजि क्षेत्र र नागरीक समाजको पनि योगदान आवश्यक रहेको बताए । साथै इपिएलको माध्यमबाट दिगो विकासका लक्ष्यहरुको प्रवद्धन तथा प्रचार–प्रसारमा सघाउ पुग्ने विश्वास लिएको समेत उनले बताए । उनले भने ‘यस साझेदारीको उदेश्य नेपालको लोकप्रिय खेल क्रिकेटका माध्यमबाट दिगो विकासका लक्ष्यहरु हासील गर्नु हो ।’

खेलकुद जनचेतना फैलाउने माध्यम मात्र नभइ हाम्रो दैनिक जिवन सँग जोडीने भएकोले यसले स्वास्थ्य जिवनशैलीको लक्ष्य पुरा गर्न मदत गर्ने विश्वाश लिएको इपिएलका संस्थापक आमिर अख्तरले बताए । उनले नेपालमा दिगो विकासको प्रवद्धनमा युएनडीपी सँग साझेदारी गर्न पाउदा खुसी व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *