Date

मङ्ल, बैशाख १८, २०८१
Tue, April 30, 2024

क्युआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार

क्युआर मार्फत हुने अन्तरदेशीय रिटेल कारोबारको मस्यौदा तयार

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले क्युआर कोड मार्फत हुने अन्तरदेशीय कारोबारको लागि आवश्यक मस्यौदा तयार पारेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले मस्यौदा सार्वजनिक गर्दै सुझावको लागि आग्रह गरेको छ ।

राष्ट्र बैंकले अन्तरदेशीय भुक्तानी कारोबारका लागि Quick Response Code लगायतको प्रयोग गरी मोबाइल बैंकिङ्ग÷इन्टरनेट बैंकिङ्ग तथा अन्तरबैंक भुक्तानीमार्फत गरिने Retail Payment सम्बन्धी व्यवस्थाुको मस्यौदा तयार पारि सुझावको लागि आग्रह गरेको हो। राष्ट्र बैंकले २०८१ जेठ ३ गतेसम्म सुझाव दिन आग्रह गरेको छ ।

हाल नेपाल राष्ट्र बैंक, इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्था र विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्रप्राप्त अन्य निकायहरुबाट विभिन्न भुक्तानीका उपकरणहरुमार्फत नेपालबाट विदेशमा भुक्तानी गर्न तथा विदेशबाट नेपालमा भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था रहेको छ । अन्तरदेशीय भुक्तानीका केही उपकरणहरुमा रकमसम्बन्धी सीमा समेत विद्यमान रहेको छ ।

अन्तरदेशीय Wholesale Payment बैंक तथा वित्तीय संस्थामार्फत प्रमुखतः विद्युतीय माध्यमबाट हुँदै आएकोमा पछिल्लो समय अन्तरदेशीय Retail Payment  मा समेत विद्युतीय भुक्तानीका उपकरणहरुको प्रयोग बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ। यस्तो विद्युतीय भुक्तानीमध्ये विशेषगरी क्युआर मार्फत हुने विद्युतीय भुक्तानीको प्रयोग अन्तर्राष्ट्रिय रुपमा बढ्दै गएको हुँदा क्युआर कोडको माध्यमबाट हुने अन्तरदेशीय Retail Payment  कारोबार सम्बन्धमा थप स्पष्ट व्यवस्था गर्न वाञ्छनीय देखिएकोले यो मस्यौदा जारी गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x