Date

बुध, बैशाख १९, २०८१
Wed, May 1, 2024

तेस्राे लगानी सम्मेलनकाे ९ दिन मात्र बाँकी, नीजि क्षेत्रका ३१ आयोजना प्रस्तुत गरीने

तेस्राे लगानी सम्मेलनकाे ९ दिन मात्र बाँकी, नीजि क्षेत्रका ३१ आयोजना प्रस्तुत गरीने

काठमाडाैं, ६ बैशाख । तेस्राे लगानी सम्मेलन आउन ९ दिन मात्र बाँकी छ । बैशाख १६ र १७ गते काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न सराेकारवाला निकायसँग छलफल गरीरहेका छन् । यस्तै बुधबार प्रधानमन्त्री दाहालले लगानी बाेर्ड नेपालसँग सम्मेलनकाे तयारी बारे जानकारी लिएका छन् ।

सम्मेलनकाे ९ दिन बाँकी रहँदा सरकारले दश मौजुदा ऐन र दुई नियमावली संशोधन गर्ने भने पनियसकाे टुङ्गाे लाग्न सकेकाे छैन ।

लगानी बोर्डको प्राविधिक समितिले तेस्रो लगानी सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने गरी विभिन्न समूहमा गरी कुल १४८ परियोजना तय गरेको छ । जसमा निजी क्षेत्रका ३१ वटा आयोजना प्रर्दशनी हुने भएका छन् ।

बोर्डले सम्मेलनमा सहभागिताका लागि १ हजार ३ सय ५५ जनालाई निम्ता पठाएकोमा बुधबार बेलुकासम्म ४ सय ६२ लगानीकर्ताले सहभागिता पक्का गरेकाे जनाएकाे छ ।सम्मेलनमा नेपालका १ सय ६१ लगानीकर्ता सहित चीनबाट ६४, भारतबाट ५७, जर्मनीबाट १२, बेलातयबाट ११, अमेरिकाबाट १० र बंगलादेशबाट १० लगानीकर्ता सहभागि हुने छन्।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x