Date

सोम, पुस २२, २०८१
Mon, January 6, 2025

लगानी सम्मेलनमा अमेरिकी उद्योगी व्यवसायीको निकै आकर्षण देखियाे : अर्थमन्त्री पुन

लगानी सम्मेलनमा अमेरिकी उद्योगी व्यवसायीको निकै आकर्षण देखियाे : अर्थमन्त्री पुन

काठमाडाैं, ९ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अमेरिकी सरकार निजी क्षेत्र र विकास साझेदारहरु नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक रहेकाे बताएका छन् । अमेरिका भ्रमणबाट स्वदेश फर्किएका अर्थमन्त्री पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्ताे बताएका हुन् ।

समग्रमा भ्रमण सफल भएकाे भन्दै उनले अमेरिकी सरकार नेपालसँग विगतभन्दा अझ बढी नजिक रहेर काम गर्न इच्छुक ररेकाे बताए । लगानी सम्मेलनमा अमेरिकी उद्योगी व्यवसायीको निकै आकर्षण देखिएको उनकाे भनाइए छ ।

यस्तै अर्थमन्त्री पुनले निजी क्षेत्रतर्फ कोकाकोला, मेटा, डिज्नील्याण्डलगायत कम्पनीसँग छलफल भएको र ती कम्पनीले पनि नेपालले थप लगानी गर्न चाहेको बताए ।

एमसिसीको अनुदान सहयोगमा मिलेनियम च्यालेञ्ज नेपाल अकाउन्ट विकास समिति (एमसीए–नेपाल) ले विद्युत् प्रसारण लाइन र सडक आयोजना निर्माण गरिरहेकामा ती आयोजना तोकिएको समयभित्रै सम्पन्न हुने विश्वास पनि उनले व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x