Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

लगानी सम्मेलनका लागि कुन देशका कति लगानीकर्ता आउँदैछन् ?

लगानी सम्मेलनका लागि कुन देशका कति लगानीकर्ता आउँदैछन् ?

काठमाडौं, १२ वैशाख । आगामी साता काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनका लागि ५२ मुलुकका ६३४ लगानीकर्ता आउने पक्का भएको छ ।

सम्मेलनमा सहभागी हुन १९ सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई सरकारले निमन्त्रणा पठाएको छ ।

सबैभन्दा धेरै नेपाली लगानीकर्ताहरू ३ सय ८५ जनाले सहभागिताको पुष्टि गरेका छन् । दोस्रोमा छिमेकी मुलुक चीनबाट करिब २ सय ६५ लगानीकर्ता सम्मेलनमा भाग लिँदैछन्। भारतबाट पनि अहिलेसम्म करिब १ सय ४३ जना लगानीकर्ता सहभागिताका लागि पुष्टि जनाएको बोर्डको तथ्यांकमा छ।

लडाबर नेपाल, कोकाकोला, युनिलिभर, एसजेभीएन, कुवेत फन्ड फर अरब इकोनोमिक डेभलपमेन्टका उच्च तहका प्रतिनिधि लगानी सम्मेलनमा सहभागी हुने बोर्डको भनाइ छ । चाइना इन्टरनेसनल डेभलपमेन्ट कर्पोरेसन एजेन्सी (सीआईडीसीए) प्रमुख लुओ झाओहुई र सार्क चेम्बर अफ कमर्सका प्रमुख जसिम उद्दिन लगानी सम्मेलनमा सहभागी हुनेछन् । एसिएन डेभलपमेन्ट बैंक, विश्व बैंक, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषको समेत उच्च तहका प्रतिनिधि पनि सम्मेलनमा उपस्थित हुनेछन् ।

यस्तै अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेश १३, संयुक्त अरब इरिमेट्सबाट १३ जना, जर्मनीबाट १० जना आउने तय छ । कोरिया, अस्ट्रेलिया र मलेसियाबाट ९र९ जना सहभागी हुनेछन् । पाकिस्तानबाट ८ र सिंगापुरबाट ६ जना आउनेछन् । कतार र घानाबाट ५र५ जना हुनेछन् । साउदी अरेबिया, फ्रान्स, बहराइनबाट ४/४ जना आउनेछन् ।

बोर्डका अनुसार स्विट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका, कोलम्बियाबाट ३/३ जना सहभागी हुनेछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मोरिसस, बेल्जियम र बेलारुसबाट २/२ जना सहभागी हुने बोर्डले जनाएको छ । इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड्स, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरोक्को, टर्की, हङकङ, भानुआटु, इरिट्रिया, मौरिटानियाबाट एकरएक जना मात्र सहभागी हुने छन् । अन्य मुलुक तथा नियोगका १० जना सहभागी हुने निश्चित भइसकेको बोर्डको भनाइ छ ।

सरकारले यसअघि दुई लगानी सम्मेलन आयोजना गरिसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x