साताकाे अन्तिम काराेबार दिन ३.२४ अंकले घट्याे नेप्से परसूचक, काराेबार रकम भने बढ्याे
काठमाडाैं, १३ वैशाख । साताकाे अन्तिम काराेबार दिन नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सामान्य अंकले घटेकाे छ । बिहिबार नेप्से परिसूचक ३.२४ अंकले घटेर १ हजार ९ सय ६५.९३ अंकमा पुगेकाे छ।
यसदिन ६३ लाख १२ हजार ५५२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ कराेड ६९ लाख ७५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । बुधबार ७२ लाख ८४ हजार २७२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोडकाे काराेबार भएकाे थियाे ।
घटेकाे बजारमा वित्त, जिवन बिमा, निर्जवन बिमा, म्युच्युअल फण्ड र ट्रेडिङ समुहका उपसुचकहरू बढेका छन् भने अन्य समुहका उपसूचक घटेका छन् । आज वित्त समुहका उपसूचक सर्वाधिक ३.१३ प्रतिशतले बढेकाे छ ।