Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ

काठमाडौं, १४ वैशाख । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । डा. शिव हरी श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् ।

डा.श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्।

कम्पनीले यसअघि सीईओका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा समावेश गरेको थियो । समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x