Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी

काठमाडौं, १६ वैशाख । लगानी सम्मेलन सुरु भएपछि लगानी सहजीकरण सम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लगानीको वातावरण बनाउन भन्दै ९ वटा ऐनलाई संशोधन गरेर अध्यादेश जारी गर्न सिफारिस गरे अनुसार अध्यादेश जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेको आइतबार प्रेस विज्ञप्तिमार्फत जनाएकी छन्।

तेस्रो लगानी सम्मेलन अगाडी नै कानुन संशोधन गर्ने सरकारले तयारी गरेको थियो । तर, संसद अन्त्य भएसँगै अध्यादेशमार्फत ऐन संशोधन गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x