Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

के हाे ग्लोबल आइएमई बैंककाे ग्रीन आवास कर्जा योजना ?

के हाे ग्लोबल आइएमई बैंककाे ग्रीन आवास कर्जा योजना ?

काठमाडाैं, १६ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल ग्रीन आवास कर्जा योजना सार्वजनिक गरेकाे छ ।

बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ल्याएको कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ।

वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यसहित दिगो विकास लक्ष्यअनुरुप विभिन्न बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आएको बैंकले जनाएकाेछ। यो योजनाका सेवाग्राहीलाई मोबाइल बैंकिङ तथा क्रेडिट कार्ड समेत निःशुल्क जारी गरिने छ।

इको–फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण–मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी केन्द्रबाट सेवा दिँदै  आएकाे छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x