रिडी पावर कम्पनीको हकप्रद सेयर बाँडफाँट
काठमाडौं, १८ वैशाख। रिडी पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँट भएको छ । कम्पनीले चैत २९ गतेदेखि वैशाख ९ गतेसम्म ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद सेयर विक्री गरेको थियो ।
बाँडफाँटको अन्तिम मूल्य १४८ रूपैयाँ १० पैसा रहेको छ । उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको कम्पनीले जनाएको छ । उक्त बाँडफाँटमा नपरेको सेयर वापतको रकम वैशाख २० गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ ।
आवेदकहरूले आवेदनमा उल्लेख गरेको बैंक खातामा रकम फिर्ता भुक्तानी गरिने भएको हो । कम्पनीले फागुन १८ गतेदेखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर विक्री गर्दा वितरण हुन नसकेको सेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीले १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रूपैयाँको आधारमा ५० प्रतिशत हकप्रद सेयर विक्री गरेको हो ।