Date

शुक्र, जेष्ठ ४, २०८१
Fri, May 17, 2024

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं, १८ वैशाख । अर्थमन्त्री वर्षमान पुन र विश्व बैंकका उपाध्यक्ष मार्टिन रेजरबीच भेटवार्ता भएको छ । विश्व बैंक समूहको नेतृत्व गर्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा आएका रेजरले मन्त्री पुनसँग भेटवार्ता गरेका हुन् ।

भेटमा विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को २१ औं बैठकबारे छलफल भएको छ । उक्त बैठक आगामी असार ४ देखि ७ गतेसम्म काठमाडौंमा हुँदैछ । विकास साझेदारहरुको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आईडीए बैठकमा विश्व बैंकका अध्यक्ष अजय बंगासहित विश्वका ९२ देशका प्रतिनिधि सहभागी हुनेछन् । आईडीए विश्व बैंकको सहुलितपूर्ण ऋण प्रवाह गर्ने निकाय हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x